नियम ३८
दुर्गम भत्ताको सीमा
ऐनको अनुसूची–१ को दफा १ को उपदफा (५) को प्रयोजनको लागि व्यक्तिको कर नलाग्ने सीमामा थप हुने दुर्गम भत्ता बापतको रकम देहाय बमोजिम हुनेछः–
(क) “क” वर्गको क्षेत्रमा पचास हजार रुपैयाँ ।
(ख) “ख” वर्गको क्षेत्रमा चालीस हजार रुपैयाँ ।
(ग) “ग” वर्गको क्षेत्रमा तीस हजार रुपैयाँ ।
(घ) “घ” वर्गको क्षेत्रमा बीस हजार रुपैयाँ ।
(ङ) “ङ” वर्गको क्षेत्रमा दश हजार रुपैयाँ ।